मिस लिटिल नेवाःको उपाधि सुज्योति डंगोललाई - Crazysaptahik.com

मिस लिटिल नेवाःको उपाधि सुज्योति डंगोललाई

मिस लिटिल नेवाः ११४३ को उपाधि सुज्योति डंगोलले जितेकी छन् । राष्ट्रिय नाचघरमा सम्पन्न प्रतिस्पर्धामा विभूति विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत डंगोलले उपाधि जितिन् । जितसँगै उनले २५ हजार नगद र मिस ट्यालेन्टेडको सेकेण्ड रनरअपको उपाधि पनि जितिन् ।

पुष्पसदन बोर्डिङ हाईस्कुलमा कक्षा आठमा अध्ययनरत सफिना श्रेष्ठ फस्ट रनरअप तथा खोप्रिङ इङ्लिस एकेडेमीको कक्षा ७ की गृष्मा राजचल सेकेन्ड रनरअपका साथमा मिस फोटोजेनिक विजेता भइन् ।

फस्ट र सेकेन्ड रनरअपले पुरस्कारबापत क्रमशः १५ र १० हजार रुपैयाँ नगद प्राप्त गरे । नेप्लिज फेसन होमले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा अनिका महर्जन मिस ट्यालेन्टेड र मिस डिसिप्लिन, अव्रिशा महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ र वेस्ट स्माइल, वेदान्सी डंगोल सोसियल वेलफेयर एम्बेस्डर चिफ, नीभा कायस्थ सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, विमिशा डंगोल वेष्ट नेपाल भाषा घोषित भए ।

आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायका बालिकामा अन्तरनिहित प्रतिभा प्रदर्शन गर्न तथा उनीहरुमा नेवार कला, संस्कृति, भाषा र सभ्यताको ज्ञान अभिवृद्धि गर्न मिस लिटिल नेवा :आयोजना गर्दै आएको बताइन् ।

सम्बन्धित खवर