नेपाली वार ड्रामा ‘१९१५ : लेजेन्ड अफ गोर्खाज’ वैशाख १९ देखि अमेजन प्राइममा - Crazysaptahik.com

नेपाली वार ड्रामा ‘१९१५ : लेजेन्ड अफ गोर्खाज’ वैशाख १९ देखि अमेजन प्राइममा

प्रदीप शाही निर्देशित वार ड्रामा ‘१९१५ ः लेजेन्ड अफ गोर्खाज’ आगामी वैशाख १९ गतेदेखि अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । यसअघि गत भदौमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’ टाइटलमा नेपालमा प्रदर्शन भएको यो फिल्मले नाम परिवर्तन गरेर ओटीटी डेब्यु गर्न लागेको हो ।अमेरिकन डिस्ट्रिब्युसन कम्पनी एसएनआरले फिल्म वितरण गर्ने भएको छ ।

फिल्मलाई बेलायत, अष्ट्रेलिया, जापान, ताइवान र दक्षिण कोरियामा रिलिजको तयारी भइरहेको उनले बताए । भिक्टोरिया क्रस पदक जित्ने पहिलो बेलायती गोर्खा सैनिक कुलवीर थापाको वास्तविक कथामा फिल्म आधारित छ ।

फिल्मले सन् १९१५ को २५ सेप्टेम्बरमा बेलायती सेनाले फ्रान्सको लुसमा गरेको आक्रमणको घटनाबारे फिल्म बनेको छ । त्यस युद्धमा २६ वर्षीय राइफलम्यान कुलवीर थापा घाइते भएका थिए तर उनी बाँच्न सफल रहे ।

त्यसपछि पीडितको उद्धारमा खटिए । महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई बेलायती महारानीले भिक्टोरिया क्रसले सम्मान गरिन् । निर्देशक शाहीको कथा लेखन रहेको फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ ।

मधु गुरुङ र प्रयास गुरुङ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ हुन् । प्रदीप शाही निर्देशित दोस्रो फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनको तयारीमा छ ।

सम्बन्धित खवर