चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी नियुक्त - Crazysaptahik.com

चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी नियुक्त

चलचित्र विकास बोर्डको प्रवक्तामा फिल्म निर्देशक केएल बुढाथोकी नियुक्त भएका छन् । सोमबार बसेको बोर्ड बैठकले सदस्य समेत रहेका उनलाई प्रवक्तामा नियुक्त गरेको हो ।

‘बोर्डका कामकारवाही तथा गतिविधिलाई पारदर्शी बनाइ उजागर गर्न र सम्बन्धित जानकारीलाई एकद्वार रुपमा प्रवाह गर्ने उद्देश्यसहित बुढाथोकीलाई प्रवक्तामा नियुक्त गरिएको हो,’ बोर्डको निर्णयमा भनिएको छ ।

२५ वर्षदेखि कला, साहित्य र सञ्चार क्षेत्रमा सक्रिय बुढाथोकीले थारु भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’, कमलरी प्रथामा आधारित फिल्म ‘लावाजुनी लगायत दर्जन जति नाटक र वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन् ।

काठमाडौं बाहिर रहेर फिल्म निर्माण कार्यशाला, महोत्सव लगायत गतिविधि नियमित सञ्चालन गर्दै आएका बुढाथोकी नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत हुन् ।

बुढाथोकीका आधा दर्जन साहित्यिक कृति, एब गीति एल्बम प्रकाशित छन् । अभिव्यक्ति स्वतन्त्रता एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका बुढाथोकीले सैनिक हिरासत र निर्वासन भोगेका छन् ।

सम्बन्धित खवर