२७० करोड भारुमा बनेको ‘पठान’लाई ३३३ करोड नाफा, शाहरुखले लिए २०० करोड - Crazysaptahik.com

२७० करोड भारुमा बनेको ‘पठान’लाई ३३३ करोड नाफा, शाहरुखले लिए २०० करोड

गत वर्षको अन्त्यतिर रिलिज भएको शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले बक्स अफिस सफलतासँगै इतिहास रच्यो । चार वर्षपछि शाहरुखको पुनरागमन रहेको फिल्मले सर्वाधिक कमाउने हिन्दी फिल्मको विश्वव्यापी कीर्तिमान पनि राख्यो ।

सिद्धार्थ आनन्द निर्देशित फिल्मले हिन्दी संस्करणमा मात्र ५७ करोड भारुको ओपनिङ ग¥यो । भारतीय बक्स अफिसमा फिल्मको कुल कमाइ ५४३.०५ करोड भारु रह्यो । फिल्मको कथा, एक्सन र गीत सबैले दर्शकको मन जिते ।

जसको फलस्वरूप पठान यो वर्षको मात्रै नभई अहिलेसम्मकै सबैभन्दा ठूलो फिल्म बनेको छ ।शाहरुखको लागि मात्र होइन, निर्माता आदित्य चोपडाका लागि पनि यो फिल्म निकै नाफामुखी साबित भयो, जसले १००–२०० करोड नभई करिब ३३३ करोड भारु कमाएको थियो ।

निर्माणसहित फिल्मको कुल बजेट २७० करोड भारु थियो । जबकि यसले भारतीय बक्स अफिसमा ५४५ करोड भारु कमायो ।अन्तर्राष्ट्रिय बजारमा मात्र यसले ३९६ करोड भारु कमायो । वितरण सेयर २४५ करोड र विदेशमा १७८ करोड भारु रह्यो ।

स्याटलाइट र डिजिटल राइट्स बिक्रीबापत फिल्मले १५० करोड कमायो । संगीत र अनुदानको माध्यमबाट फिल्मलाई ३० करोड भारु प्राप्त भयो । निर्माण कम्पनी यशराज फिल्म्सले २७० करोड भारु लगानी गरेर ६०३ करोड कमायो र ३३३ करोड मुनाफा कमायो ।

शाहरुखले फिल्मबाट पारिश्रमिक नलिएर मुनाफाको ६० प्रतिशत सेयरमा बसेका थिए । यसप्रकार पठानको कुल कमाइबाट शाहरुखले पारिश्रमिकको रुपमा २०० करोड भारु लिएका छन् । नेपालमा समेत फिल्मले १३ करोड रुपैयाँ ग्रस कमाएको विवरण चलचित्र विकास बोर्डले दिएको छ ।

सम्बन्धित खवर