सलमानको दाबी : जोनले फिल्मबाट निकालेपछि तीन दिनसम्म रोएकी थिइन् कट्रिना, मैले फकाएँ - Crazysaptahik.com

सलमानको दाबी : जोनले फिल्मबाट निकालेपछि तीन दिनसम्म रोएकी थिइन् कट्रिना, मैले फकाएँ

एक पटक सलमान खान र जोन अब्राहमबीच सम्बन्ध चिसिएको थियो । यो चिसोपनको कारण थिइन् कट्रिना कैफ । एक पुरानो अन्तरवार्तामा सलमानले जोनले सन् २००३ मा रिलिज भएको फिल्म ‘साया’ बाट कट्रिनालाई निकालिदिएका थिए ।

उनको साटो नायिका तारा शर्मालाई कास्ट गरिएको थियो । सलमानका अनुसार आफूलाई फिल्मबाट निकालेर तारालाई कास्ट गरिएकोमा कट्रिना यति दुःखी थिइन् कि उनी लगातार तीन दिनसम्म रोइन् ।

यद्यपि, यो कुरामा जोनले पनि प्रतिक्रिया दिएका थिए । उनले यो कुरा अफवाह मात्रै भएको बताउँदै त्यति बेला आफू नै फिल्मी क्षेत्रमा नयाँ भएकोले यस्तो गर्नै नसक्ने स्पष्टीकरण दिएका थिए ।

जोनले भनेपछि कट्रिनालाई फिल्मबाट निकालियो ?

सलमान खानको फिल्म ‘किसी का भाइ किसी का जान’ यो इदमा रिलिज हुँदै छ । सलमान आफ्नो आगामी फिल्मलाई लिएर निकै चर्चामा छन् । यसैबीच उनको एउटा पुरानो अन्तरवार्ता भाइरल भइरहेको छ ।

‘आप की अदालत’ लाई दिएको एक अन्तरवार्तामा उनले आफ्नो र जोनको तनावपूर्ण सम्बन्धको बारेमा कुरा गरेका थिए । वास्तवमा त्यस बेला अनुराग बसुको सुपरनेचुरल फिल्म सायामा कट्रिना कैफलाई पहिलो पटक कास्ट गर्ने भनिएको थियो तर जोन अब्राहमको दबाबपछि उनलाई फिल्मबाट हटाइएको कुरा सलमानले गरेका थिए ।

कट्रिनाले भनिन्– मेरो करियर बर्बाद भयो

सलमानले त्यति बेला भनेका थिए, ‘कट्रिना म भए ठाउँ आएर लगातार तीन दिनसम्म रोएकी थिइन् । उनले आफ्नो करियर बर्बाद भएको बताउँथिन् । उनलाई तीन दिनसम्म मैले झेलेको थिएँ । त्यति बेला मैले उनलाई ‘तिमी धेरै अघि बढ्नेछौ’ भनेँ । ’

कट्रिनासँग बदला लिने मौका थियो

सलमानले उक्त अन्तरवार्तामा कट्रिनाले जोनसँग यो कुराको कहिल्यै बदला लिइनन् भन्दै यसलाई उनको महानता बताए । सलमानले भने, ‘कट्रिनाले चाहेको भए जोनलाई कबिर खानको फिल्म न्युयोर्कबाट हटाउन सक्थिन् तर उनले यस्तो गरिनन् । उनी पछि गएर जोनको करियरको सबैभन्दा ठुलो हिट बनिन् ।’

यद्यपि, जोनलाई यो विवादबारे सोध्दा उनले कट्रिनाले फिल्म नपाउनुमा आफ्नो कुने भूमिका नभएको बताए । जोनका अनुसार सन् २००३ मा उनी आफैँ फिल्मी उद्योगमा नयाँ भएकोले यस्तो गर्न सक्ने कुनै पनि सम्भावना नरहेको बताए ।

कुनै बेला सलमानकी प्रेमिका थिइन् कट्रिना

कट्रिनालाई बलिउडमा ल्याउने श्रेय सलमान खानलाई नै जान्छ भन्ने गरिन्छ । यी दुईले पहिलो पटक सन् २००५ मा रिलिज भएको फिल्म ‘मैंने प्यार क्यों किया’ मा काम गरेका थिए । त्यसपछि नै यी दुईबीच निकटता बढ्यो ।

त्यसपछि कट्रिनालाई एक से एक फिल्ममा अफर आउन थाल्यो । उनी दिन प्रति दिन सफलताको शिखरमा चढ्दै गइन् । सलमान र कट्रिनाले विवाहसमेत गर्छन् भन्ने अफवाह चल्थ्यो । त्यति बेला कट्रिनाका फिल्म अजब प्रेमकी गजब कहानी रिलिज भयो ।

यो फिल्मपछि उनी रणबीर कपुरसँग नजिकिइन् । कट्रिना सलमानको ‘डोमिनेटिङ नेचर’ ले आजित भएको बताइन्छ । पछि गएर यी दुईको ब्रेक अप भयो । यद्यपि, आज पनि सलमान र कट्रिना निकै मिल्ने साथी हुन् । यी दुईले ब्रेक अप पछि पनि धेरै फिल्ममा सँगै काम गरेका छन् ।

सम्बन्धित खवर