हरर फिल्ममा जोडीको रूपमा देखिँदै आयुष्मा र सामन्था - Crazysaptahik.com

हरर फिल्ममा जोडीको रूपमा देखिँदै आयुष्मा र सामन्था

अभिनेत्री सामन्था रुथ प्रभुको फिल्म ‘शकुन्तलम’  रिलिज भएको छ । फिल्मले सुरुवाती व्यवसाय राम्रो गर्दै दर्शकको प्रतिक्रिया समेत उत्कृष्ट पाएको छ । फिल्ममा सामन्थाको अलवा देव मोहन, मोहन बाबु र अल्लु हाराहको अभिनय छ ।

ल्ममा निर्देशकले पौराणिक पात्रमार्फत भव्यता प्रस्तुत गर्ने प्रयास गरेका छन् । एकतिर फिल्म ‘शकुन्तलम’ले राम्रो व्यवसाय गरिरहेको समय सामन्था बलिउड अभिनेता आयुष्मान खुरानाको जोडी बन्ने खबर पनि बाहिर आएको छ ।

निर्माता दिनेश विजनले सामन्था र अयुष्मानलाई लिएर एक हरर फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । फिल्ममा आयुष्मान एक भ्याम्पायरको भुमिकामा देखिने छन्, भने सामन्थाको राजकुमारीको भूमिका रहनेछ ।

रिपोर्टका अनुसार फिल्मको नाम ‘भ्याम्पायर अफ विजय नगर’ हो । फिल्म २०२४ को सुरुवातमा फ्लोरमा निस्कनेछ । फिल्म अमर कौशिकले निर्देशन गर्न लागेका हुन् ।

सम्बन्धित खवर