‘साकी साकी’ मा नेपालीको डान्स देखेर नोरा पनि दङ्ग - Crazysaptahik.com

‘साकी साकी’ मा नेपालीको डान्स देखेर नोरा पनि दङ्ग

हालै नोरा फतेहीको चर्चित डान्स नम्बर ‘साकी साकी’ मा एक नेपालीले नाचेको भिडियो भाइरल बनेको छ । यो भिडियोले सामाजिक सञ्जालमा ३ करोड भ्युज पाएको छ । भिडियोमा ती व्यक्तिको उर्जा, एक्सप्रेशन र डान्स मुभलाई निकै रुचाइएको छ ।

यो डान्स भिडियोमा नोरा फतेहीसमेतले कमेन्ट पनि गरेकी छिन् । नोराको यो गीत २०१९ मा रिलिज भएको थियो । नोराले भिडियोमा मायाको इमोजीको साथ प्रतिक्रिया दिएकी छन् । भिडियोलाई सुस्मिता सेनले पनि लाइक गरेकी छिन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि यो भिडियोलाई निकै मन पराइरहेका छन् । एक प्रयोगकर्ताले यो भिडियोमा टिप्पणी गरेका छन्, ‘उमेर साँच्चै एउटा अंकमात्र हो।’ उही समयमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘सपनालाई पछ्याउने कुनै उमेर हुँदैन।’

यसै क्रममा एक प्रयोगकर्ताले लेखेका छन्– यदि उनको कपडा परिवर्तन गरियो भने उनी मूलधारका डान्सरभन्दा धेरै सुन्दर र हट देखिनेछन् । ’ओ साकी साकी’ कोइना मित्राको २००४ मा आएको फिल्म ’मुसाफिर’ को रिमेक संस्करण हो।

यो गीत जोन अब्राहमको फिल्म ‘बाटला हाउस’ मा राखिएको छ । हालै नोराले अन्तर्राष्ट्रिय र्याहपर निक्की मिनाजसँग डर्टी लिटिल सेक्रेट गीतको लागि सहकार्य गरेकी छिन् । नोरा चाँडै कमर्शियल फिचर फिल्म र म्युजिक प्रोजेक्टमा पनि देखिनेछिन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.