भारतीय बममा रविना टण्डनको नाम - Crazysaptahik.com

भारतीय बममा रविना टण्डनको नाम

बलिउड अभिनेत्री रविना टण्डनको जिन्दगीको एउटा रोचक किस्सा बलिउडमा अहिले पनि सुनिन्छ । यो किस्सा कारगिल युद्धको हो । भारत र पाकिस्तानको यो युद्ध भइरहँदा त्यसबेला भारतीय बम निकै चर्चित बनेका थिए ।

किनकी ती बममा अभिनेत्री रविना टण्डनको नाम लेखिएको थियो । ९० को दशकमा रविना बलिउडकी लोकप्रिय अभिनेत्री थिइन् । उनको सुन्दरताबाट पाकिस्तानी तत्कालीन प्रधानमन्त्री नवाज शरीफ पनि फिदा थिए ।

उनले सार्वजनिक रूपमा नै रविनाको सुन्दरताको बयान गर्थे । एक अन्तरवार्तामा त उनले रविना आफूलाई मनपर्ने अभिनेत्री रहेको नै बताएका थिए । सन् १९९९ मा जब कारगिल युद्ध सुरु भयो, त्यो बेला पाकिस्तानका प्रधानमन्त्री शरीफ आफ्नो नीति अनुसार भारतलाई निशाना बनाइरहेका थिए ।

त्यही बेला भारतीय सेनाले नवाजलाई आफ्नै शैलीमा जवाफ दिए । उनीहरूले आफ्नो बम र मिसाइलमा रविनाको नाम लेखेर ‘रविना टण्डनको तर्फबाट नवाज शरीफलाई उपहार’भन्दै बम पठाएका थिए । त्यो तस्बिर उसबेला निकै भाइरल भएको थियो ।

सम्बन्धित खवर