‘वार–२’ का निर्देशकको पारिश्रमिक ३२ करोड - Crazysaptahik.com

‘वार–२’ का निर्देशकको पारिश्रमिक ३२ करोड

‘वार २’ निर्देशनका लागि निर्देशक अयान मुखर्जीले महँगो पारिश्रमिक लिएका छन् ।भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘वार २’ निर्देशनका लागि उनले करिब ३२ करोड भारतीय रुपैयाँ लिने भएका हुन ।

भारतीय सञ्चार माध्यमका अनुसार यशराज फिल्म्सले ‘वार २’ निर्देशन गर्न अयानलाई प्रस्ताव गरेको र उनले सो फिल्मका लागि ३२ करोड बराबरको पारिश्रमिकको माग गरेका हुन् । ऋतिक रोशनको प्रमुख भुमिका रहने फिल्म ‘वार २’ सन २०२४ को अन्त्यमा रिलिज हुने बताइएको छ ।

करिब दुई सय करोड भारतीय रूपैयाँमा बन्न लागेको ‘वार–२ यशराज स्पाई युनिभर्सको छैटौं फिल्म हो । यसअघि स्पाइ युनिभर्सको निर्माणमा यसअघि ‘पठान’, ‘वार’ र ‘टाइगर जिन्दा है’ जस्ता हिट फिल्म निर्माण गरिसकेको छ ।

सम्बन्धित खवर