मंसिर ८ मा लक्ष्मी र मुकुनको ‘बिच्छेद’ - Crazysaptahik.com

मंसिर ८ मा लक्ष्मी र मुकुनको ‘बिच्छेद’

सत्यराज चौलागाईं निर्देशित फिल्म ‘बिच्छेद’ आगामी ८ मंसिरबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एकपोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार मुकुन भुषाल र लक्ष्मी बर्देवा देखिएका छन् ।

तर, उनीहरुको अनुहार देखाइएको छैन । डाँडामा बसेर सेता हिमाल हेर्दै गरेको अवस्थामा उनीहरु चित्रित छन् । राज पण्डित, डिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्यले मिलेर बनाएको फिल्म गाउँले परिवेशमा आधारित रहेको छ ।

फिल्ममा मुकुन र लक्ष्मीको अलावा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा लगायत कलाकारको अभिनय रहेको छ । प्रेमकथामा बनेको फिल्ममा संकल्प भुजेलको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, एसडि योगी, सुरज थापा र आशिश महरको संगीत र सुरेन बसेल कोरियोग्राफी छ ।

सम्बन्धित खवर