‘ब्रह्माण’को पोखराबाट छायाङ्कन सुरु - Crazysaptahik.com

‘ब्रह्माण’को पोखराबाट छायाङ्कन सुरु

कान्तिपुर फिल्म एकेडेमी, काठमाडौँ र टोपी स्टुडियोज पोखराले बनाउन लागेको नेपाली सिरीज ‘ब्रह्माण’ को शुभमुर्हूत गरिएको छ । मंगलबार पोखरा स्थित गुप्तेश्वर महादेव मन्दिरमा कलाकार तथा प्राविधिकको उपस्थितिमा सिरिजको शुभमुहुर्त गरिएको हो ।

मुहुर्तसँगै सुटिङ पनि सुरु भएको निर्माण युनिटले जनाएको छ । रियाज नाटक्कारको लेखन तथा निर्देशन रहेको सिरिजको छायाङ्कन पुरुषोत्तम प्रधानले गर्दै छन् । सागर राज आचार्य कार्यकारी निर्माता निर्माता रहेको सिरिजमा अर्पण थापा, सुनिल थापा, भोलाराज सापकोटा, राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ्ग, सुरज विष्ट, सुप्रज्ञा शर्मा, सञ्जय ढुङ्गानाको अभिनय रहनेछ ।

ब्रह्माण्डलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइदैछ । यस सिरिजको पहिलो सिजनमा ८ एपिसोडको हुनेछ र यसको पुरा लेन्थ ८ घण्टाको हुनेछ । यसलाई ओटीटी प्लाटफर्ममा रिलिज गरिनेछ ।

सम्बन्धित खवर