सामाजिक कथामा बन्यो ‘केशरी’ - Crazysaptahik.com

सामाजिक कथामा बन्यो ‘केशरी’

सामाजिक कथामा टेलिचलचित्र ‘केशरी’ निर्माण भएको छ । सेलिब्रेटी नेपालको प्रस्तुति रहेको टेलिचलचित्रका लेखक तथा निर्देशन उत्तम अधिकारी हुन् । टेलिचलचित्रको मुख्य भूमिकामा कलाकार आशा भुसाल रहेकी छन् ।

नारी बेदनाको कथा उठाएको टेलिश्रृखलाकोलाई रघुनाथ सापकोटाले बनाएको हुन् । ‘केशरी’मा आशाको अलावा लक्ष्मीनाथ तिमल्सिना, विनय राज पौडेल, प्रदीप सिंह थापा, करुणा श्रेष्ठ, चण्डिका बस्नेत, रेशम फिरिरी, सुरज अधिकारी, समीर खनाल, स्मृति बस्नेत, डिम्पल खरेल, विष्णु रोक्का लगायतका कलाकारको अभिनय छ ।

टेलिचलचित्रको छायाङ्कन एलेक्स पुडासैनीले गरेका हुन् भने सम्पादन बन्दे प्रसादको रहेको छ । ‘केशरी’ छिट्टै राष्ट्रिय टेलिभिजनबाट प्रसारणको तयारी भइरहेको निर्माता सापकोटाले बताए ।‘केशरी’ले गाउँले जन जीवनको यथार्थ कथा बोल्ने लेखक तथा निर्देशक अधिकारीले बताए ।

सम्बन्धित खवर