‘साउथ’ सुपरस्टार अजितकुमारको फिल्म ‘मिराई’को छायांकन काठमाडौंमा सुरु - Crazysaptahik.com

‘साउथ’ सुपरस्टार अजितकुमारको फिल्म ‘मिराई’को छायांकन काठमाडौंमा सुरु

दक्षिण भारतीय सुपरस्टार अजित कुमारको शीर्ष भूमिका रहने फिल्म ‘मिराई’को छायांकन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । चार दिनसम्म काठमाडौंका विभिन्न क्षेत्रमा हुने छायांकनका लागि २२ जनाको तमिल फिल्म टोली यतिबेला नेपालमा छ ।

अजितकुमारसहित अभिनेत्री म्याडी पनि फिल्म सुटिङका लागि काठमाडौं आएकी छन् । काठमाडौंमा चार दिनसम्म छायांकन हुने निर्माण नियन्त्रक मनोज जोशीले जानकारी दिए ।अभिनेता अजित कुमार पूर्वी नेपालको झापा, जनकपुर हुँदै बाइक हाँकेर काठमाडौं आइपुगेका हुन् ।

तमिल फिल्मका यी चर्चित अभिनेताका केही फिल्महरु नेपालमा समेत हिट छन् । ‘भलिमई’ नेपालमा रिलिज भएको उनको पछिल्लो फिल्म हो ।

सम्बन्धित खवर