अविवाहित इलियानाले गरिन् ‘प्रेग्नेन्सी’ घोषणा, कट्रिनाका भाइसँग अफेयरको हल्ला - Crazysaptahik.com

अविवाहित इलियानाले गरिन् ‘प्रेग्नेन्सी’ घोषणा, कट्रिनाका भाइसँग अफेयरको हल्ला

बलिउड अभिनेत्री इलियाना डिक्रुजले विवाहबिनै ‘प्रेग्नेन्सी’ घोषणा गरेकी छन् । मंगलबार बिहान उनले आफू गर्भवती भएको खबर इन्स्टाग्रामबाट सार्वजनिक गरेपछि बलिउड तरंगित बनेको छ । तरंगित बन्नुको कारण के हो भने इलियाना अविवाहित हुन् ।

पोस्ट सेयर गर्दै इलियानाले आफूले सन्तानलाई जन्म दिन लागेको भन्दै ‘गुड न्युज’ सुनाएकी हुन् । केही घण्टा पहिले इलियानाले इन्स्टाग्राममा श्यामश्वेत तस्वीर सेयर गरेकी थिइन् ।

पहिलो फोटोमा शिशुको आउटफिट राख्दै क्याप्सन लेखिएको छ, ‘अब वास्तविक एड्भेन्चर सुरु भयो ।’ दोस्रो तस्वीरमा एक ‘पेडेन्ट’ छ र जसमा आमा लेखिएको छ । दुवै तस्वीर सेयर गर्दै इलियानाले लेखेकी छन्, ‘चाँडै आउँदैछ लिटिल डार्लिङ ।

तिमीसँग मिल्नको लागि अधैर्य छु ।’ इलियानाको यो तस्वीरमा उनकी आमा सिमरा डिक्रुजले कमेन्ट लेख्दै नाति वा नातिनीको लागि स्वागतका लागि तयार भएको बताएकी छन् ।सेलिब्रिटीसहित फ्यानले इलियानाको नयाँ जीवनको लागि बधाई दिइरहेका छन् ।

कमेन्ट सेक्सनमा बच्चाको पिताको नाम सोधिएको छ । उनीहरुले इलियानाको विवाहलाई लिएर प्रश्न तेस्र्याइरहेका छन् । मिडिया रिपोर्टका अनुसार इलियाना डिक्रुज अष्ट्रेलियाली फोटोग्राफर एन्ड्रयु निबोनसँग सम्बन्धमा थिइन् । दुवैले विवाह गरेको खबर पनि आएको थियो, तर २०१९ मा उनीहरु एकअर्काबाट अलग भए ।

सन् २०२२ मा इलियानाको नाम कट्रिना कैफकी कजिन र मोडल सेबास्टिन लौरेन्ट मिशेलसँग जोडिएको थियो । यो जोडीको डेटिङको हल्ला तब बाहिर आयो जब इलियाना क्याट्रिना र विक्कीसँग माल्दिभ्स छुट्टीमा गइन् । यद्यपि इलियानाले हालसम्म यस सम्बन्धको बारेमा खुलेर केही भनेकी छैनन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.