चलचित्र विकास बोर्डले ६ कथानक र ६ छोटा फिल्म निर्माणमा सघाउने (सूचीसहित) - Crazysaptahik.com

चलचित्र विकास बोर्डले ६ कथानक र ६ छोटा फिल्म निर्माणमा सघाउने (सूचीसहित)

फिल्म निर्माणमा प्रोत्साहन गर्न चलचित्र विकास बोर्डले स्थापना गरेको स्टोरी बैंकका लागि यस वर्ष ६ वटा कथानक र ६ वटा छोटा फिल्म छानिएका छन् । बोर्डले सूचना जारी गर्दै छानिएका फिल्मको सूची सार्वजनिक गरेको छ ।

कथा र पटकथाको मूल्यांकनको आधारमा यी फिल्म छानिएको बोर्डले जनाएको छ । स्वदेशी फिल्मको विकास, प्रवर्द्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, सांस्कृतिक, सन्देशमूलक र राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा फिल्म निर्माण गर्न बोर्डले यी फिल्म छनोट गरेको छ ।

कथानक चलचित्रतर्फ

(क) चलचित्रको नाम र लेखक

१. बहुरिया (कथा\पटकथा : सुरज यादव)

२. पेमा (कथा\पटकथा : सुन्दर योञ्जन)

३. भुन्टे (कथा\पटकथा : विकास न्यौपाने)

४. अल्ट्रा लेजेण्ड (कथा\पटकथा : अशोक गिरी)

५. फ्लोटिङ लाइक अ फिदर (कथा/पटकथा : केशव पाण्डे)

६. चलचित्र (कथा÷पटकथा : प्रतीक गुरुङ\सफल केसी)

चलचित्रको नाम र लेखक

१. बराःख्या (कथा\पटकथा : निशा श्रेष्ठ)

२. सेनुर (कथा\पटकथा : अनिल कुर्मी)

३. जल (कथा\पटकथा : सञ्जोग राणा)

४. अनन्यानी (कथा\पटकथा : अम्बिका भण्डारी)

५. सिलाबाला (कथा\पटकथा : विभूता सिटौला)

६. द लास्ट सेफर्ड (कथा : अनिल बुढामगर)

सम्बन्धित खवर