कुसुमको हातमा कहिले पर्ला फिल्म ? - Crazysaptahik.com

कुसुमको हातमा कहिले पर्ला फिल्म ?

हिजोसम्म गुमनाम नाम थियो कुसुम शर्मा । आज भने जो कोहीले उनलाई चिन्छ । सामाजिक सञ्जालदेखि मिडियासम्ममा केही दिनयता उनकै चर्चा छ । उनको चर्चा गायक प्रकाश सपूतको ‘सकम्बरी’ बोलको गीतका कारण भएको हो ।

गीतको भिडियोमा उनले नै ‘सकम्बरी (फूलमाया) को भूमिका निर्वाह गरेकी हुन् । भिडियोको चर्चा र विवाद एकाठाउँमा छ । अर्काेतिर भने उनले पर्दाका लागि निडर भएर निर्वाह गरेको भूमिकाले वाहवाही पाइरहेको छ ।

त्यसकारण पनि उनको अहिले फिल्म अभिनय मोह पलाएको छ । हालै रातोपाटीसँगको कुराकानीमा पनि उनले अब फिल्म अभिनय गर्ने बताएकी थिइन् । ‘भाग्यले कहाँ पुर्याउँछ भन्न सक्दिनँ ।

फिल्म अवसर आए मिस गर्दिनँ’ उनले अगाडि भनेकी थिइन् ‘म्युजिक भिडियो अभिनयले धेरैको मन छोयो । फिल्मको अफर अवश्य मिल्छ ।’ उनले भने झै ‘सकम्बरी’ अभिनयले उनी मेकर्सको आँखामा त परेकी छन् ।

तर फिल्म अभिनय गर्न उनको चाहना भएर मात्र हुँदैन । निर्माता निर्देशकले उनलाई फिल्म अफर पनि दिनुपर्छ । अहिलेसम्म त उनलाई कुनै फिल्मको अफर भने मिलिसकेको छैन । त्यो अवसर मिल्छ, मिल्दैन वा कहिले मिल्छ अहिलै भन्न सकिन्न ।

सम्बन्धित खवर