आराध्या बच्चनको मुद्दामा दिल्ली उच्च अदालतले युट्युबलाई पठायो समन - Crazysaptahik.com

आराध्या बच्चनको मुद्दामा दिल्ली उच्च अदालतले युट्युबलाई पठायो समन


ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनकी छोरी आराध्या बच्चनको मुद्दामा दिल्ली उच्च अदालतले युट्युबलाई समन पठाएको छ । अभिषेक बच्चनले आफ्नी छोरीको स्वास्थ्यलाई लिएर युट्युब च्यानलमा चलाइएको ‘फेक न्युज’ विरुद्ध निवेदन दिएका थिए ।

यस मामिलामा, दिल्ली उच्च अदालतले अब युट्युबलाई आफ्नो प्लेटफर्ममा सामग्री नियमन नगरेकोमा समन पठाएको छ । न्यायाधीश सी हरिशंकरले भने, ‘युट्युबको नो टलरेन्स पोलिसीमा गडबडी छ र यो एक पैसा कमाउने प्लेटफर्म हो ।

हरेक भिडियो जुन अपलोड हुन्छ, त्यसमार्फत युट्युबले कमाउँछ । त्यसो भए तपाईंको कुनै जिम्मेवारी छैन ?’ उच्च अदालतले युट्युबलाई गलत समाचार र भ्रामक सूचनालाई सम्बोधन गर्नका लागि तपाईंको योजना के छ भनेर प्रश्नसमेत गयो ।

अदालतले भन्यो, ‘तपाईँले आफ्नो नीतिमा सुधार गरेर नयाँ नियमसँग तालमेल मिलाउनु तपाईंको जिम्मेवारी हो । तपाईँले अहिलेसम्म के गर्नुभएको छ ? तपाईँले भन्नुहुन्छ कि तपाईंको पोर्नोग्राफीविरुद्ध शून्य सहनशीलता छ । तर त्यो पनि युट्युबमा छ ।’

सम्बन्धित खवर