धेरै कमाउने मनोरञ्जनकर्ताको शीर्षस्थानमा बेलायती रक ब्याण्ड जेनेसिस - Crazysaptahik.com

धेरै कमाउने मनोरञ्जनकर्ताको शीर्षस्थानमा बेलायती रक ब्याण्ड जेनेसिस

प्रतिष्ठित फोर्ब्स म्यागजिनले संसारमा धेरै कमाउने विश्व मनोरञ्जन जगतका १० व्यक्ति र समूहको सूची सार्वजनिक गरेको छ । जसको शीर्ष स्थानमा कुनै स्टार सेलिब्रिटी नभएर एक रक ब्याण्ड छ, जसले पहिलोपटक सूचीमा आफूलाई समावेश गरेको हो ।

सूचीमा सांगीतिक क्षेत्रको वर्चस्व देखिएको छ । शीर्षस्थानमा रहेको बेलायती रक ब्याण्ड जेनेसिसको वर्ष २०२२ को कमाइ २३० मिलियन अमेरिकी डलर रहेको छ । यो ब्याण्डले गत सेप्टेम्बरमा कनकर्ड म्युजिक ग्रुपलाई ३०० मिलियन डलरमा संगीतको अधिकार बिक्री गरेको थियो ।

यो सम्झौतामा प्रकाशन अधिकार र समूहबाट रेकर्ड गरिएको संगीतका आय स्ट्रिमहरूको चयन, साथै फिल कोलिन्स (हिट गीत ‘इन द एयर टुनाइट’सहित) र ब्यान्डमेट टोनी बैंक्स र माइक रदरफोर्डको एकल आय स्ट्रिमहरू समावेश थिए ।

भ्रमण र रेकर्ड गरिएको संगीत रोयल्टीले ब्याण्डको आम्दानीलाई वृद्धि गयो । दोस्रो स्थानमा अर्को रक ब्याण्ड ‘स्टिङ’ छ जसको कमाइ २१० मिलियन डलर उल्लेख गरिएको छ ।

१७ पटकको ग्रामी विजेता तथा ‘एभ्री ब्रेथ यु टेक’ र ‘रोक्सेन’जस्ता हिट गीतका लागि परिचित यो ब्याण्डले युनिभर्सल म्युजिकलाई आफ्नो सम्पूर्ण सांगीतिक सिर्जना बेचेर ३०० मिलियन डलर प्राप्त गरेको थियो ।

तेस्रो स्थानमा हलिउड अभिनेता तथा निर्देशक टायलर पेरी छन्, जसको कमाइ १७५ मिलियन डलर छ । उनले फिल्मसहित बेट टिभी शो र एटलान्टमा कतिपय राइट बिक्री गरेर आम्दानी गरेका हुन् ।

उनको कुल आम्दानी एक बिलियन डलर छ । उनी लगातार दोस्रो वर्ष धेरै कमाउने मनोरञ्जनकर्ताको सूचीमा परेका हुन् । चौथो स्थानमा ट्रे पार्क र म्याट स्टोन छन्, जसको गत वर्षको आम्दानी १६० मिलियन डलर रह्यो ।

पाँचौं स्थानमा जेम्स एल ब्रुक्स र म्याट ग्रोनिङ छ । छैटौं स्थानमा १०० मिलियन डलरसहित हलिउड अभिनेता ब्राड पिट छन् । सांगीतिक समूह रोलिङ स्टोन ९८ मिलियन डलरसहित सातौं स्थानमा छ ।

‘अवतार’ फेम्ड निर्माता तथा निर्देशक जेम्स क्यामरुन ९५ मिलियन डलरसहित आठौं स्थानमा छन् । उनको पछिल्लो फिल्म अवतार २ अहिलेसम्म धेरै कमाउने तेस्रो फिल्म हो ।

गायिका टेलर स्वीफ्ट ९२ मिलियन डलरसहित नवौं स्थानमा छिन् भने पुएर्तो रिकोन  ब्याड बनी ८८ मिलियन डलरसहित दशौं स्थानमा छन् ।

सम्बन्धित खवर