फिल्मका ध्वनि निर्देशक राजकृष्ण श्रेष्ठको निधन - Crazysaptahik.com

फिल्मका ध्वनि निर्देशक राजकृष्ण श्रेष्ठको निधन

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्ममा काम गरेका वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठको उपचारको क्रममा बिहीबार निधन भएको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार वीर अस्पतालमा उनको निधन भएको हो ।

स्वास्थ्य परीक्षणको क्रममा जण्डिस देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठलाई बुधबार श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । डेढ महिना अगाडि स्वास्थ्यमा समस्या देखिएपछि क्षेत्रपाटी चिकित्सालय उपचारको लागि भर्ना भएका उनलाई थप उपचारको लागि वीर ल्याइएको थियो ।

प्राविधिक श्रेष्ठको परिवारमा श्रीमती र छोरी छन् । चार दशकअघि नेपाली फिल्ममा ध्वनि प्राविधिक रुपमा उनले काम थालेका थिए । तृष्णा, देउकी, प्रेयसी, विद्रोह, वीर गणेशमान लगायतका सयभन्दा बढी संख्यामा उनले काम गरेका छन् ।

विश्वप्रसिद्ध चिनियाँ श्रृंखला पश्चिमतिरको यात्रा, ब्रुसलीको कथा, सुयान चाङ नामक चिनियाँ फिल्मको नेपाली संस्करणमा उनले ध्वनि प्राविधिक रुपमा काम गरे । उनले प्रशस्तै फिल्म अवार्ड पनि जितेका छन् ।

 

सम्बन्धित खवर