अगम बिकरालको ‘जोडी चिण्डो’मा एलिसा र एलिस (भिडियो) - Crazysaptahik.com

अगम बिकरालको ‘जोडी चिण्डो’मा एलिसा र एलिस (भिडियो)

गीतकार अगम बिकरालको नयाँ गीत ‘जोडी चिण्डो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । साकेला भाकाको यो गीतमा युवकले नवपरिचित युवतीलाई आफ्नो रीतिथिति र संस्कृतिबारे वर्णन गरेका छन् ।

आफ्नो संस्कारअनुसार घर भित्र्याउने बाचा गर्दै युवकले जोडी चिण्डो लिएर माग्न आउने प्रस्ताव गरेका छन् । राई समुदायमा जोडी चिण्डो र तीन चुल्हाको सांस्कृतिक महत्त्व रहन्छ ।अशोक थुलुङको स्वर र फणिन्द्र राईको एरेञ्ज रहेको यो गीतलाई दिनेश वान्तवाले कम्पोज गरेका हुन् ।

म्युजिक भिडियोमा एलिस राई र एलिसा राईको अभिनय छ । सुबोल थापाले कोरियाग्राफी गरेको यो भिडियोको छायाँकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् । निर्देशन किरण चाम्लिङ राईको रहेको छ ।

गीतकार विकरालको यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । गत वैशाखमा मात्र उनको गीत ‘एकान्तमा’को भिडियो सार्वजनिक गरेका थिए । एक दर्जन बढी गीत रेकर्ड गराइसकेका गीतकार बिकरालको ‘नसम्झिने बाचासँगै’ गीत सुगम सङ्गीतका पारखीमाझ लोकप्रिय छ ।

 

सम्बन्धित खवर