भक्तपुरको बाराही फिल्म हल भत्काउन सुरु - Crazysaptahik.com

भक्तपुरको बाराही फिल्म हल भत्काउन सुरु

इतिहास बोकेको भक्तपुरस्थित बाराही सिनेमा हल भत्काउन सुरु गरिएको छ । पछिल्लो समय एकल पर्दाका हलहरु चल्न छाडेपछि हल भत्काउन थालिएको सञ्चालक बहादुर ताम्राकारले जानकारी दिए ।

कोरोना महामारीयता मुलुकका ४० भन्दा बढी सिंगल पर्दाका हल बन्द भएको चलचित्र संघले जनाएको छ । मल्टिप्लेक्स हल धमाधम बन्नु र दर्शकको आकर्षण पनि त्यता देखिंदा एकल पर्दा बन्द हुन थालेका हुन् ।

२०६५ सालमा निर्माण भएको बाराही हललाई यसअघि अरुले नै सञ्चालन गर्थे । ताम्राकारले २०७० सालमा सञ्चालनको जिम्मेवारी लिएका थिए । बाराहीमा तीन अडिटोरियम थिए ।

कोभिडअघि राम्रो कमाइ गर्ने हलमध्ये बाराही पनि पर्दथ्यो । यहाँ फिल्म चलाउन निर्माताको होड नै चल्थ्यो । कोभिडयता कुमारी, जय नेपाल, गुण सिनेमा हल बन्द भए । काठमाडौं र उपत्यकाबाहि धमाधम मल्टिप्लेक्स निर्माण हुने क्रम भने बढेको छ ।

सम्बन्धित खवर