‘काँडेतार’को सेन्सर लफडा के हो ? - Crazysaptahik.com

‘काँडेतार’को सेन्सर लफडा के हो ?

नवल खड्काको निर्माण तथा निर्देशन रहेको फिल्म सेन्सर फेल भएको छ । सोमबार भएको फिल्मको सेन्सरमा सेन्सर बोर्डका सदस्यहरुले फिल्मका सम्बाद र दृश्य केही काँटछाट गर्नुपर्ने भन्दै सेन्सर फेल गरेको निर्देशक नवल खड्काले बताए ।

‘सेन्सर बोर्डसँगको अनौपचारिक, औपचारिक कुरामा कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई फिल्म प्रदर्शन गर्न दिन मैले अनुरोध गरेको छु । आशा छ, सरकारले जनताको देशभक्तिपूर्ण भावनालाई बुझेर ‘काँडेतार’ फिल्म प्रदर्शन फुक्का गर्नेछ’ खड्काले थपे ।

चलचित्र सेन्सर बोर्डका सदस्य भुपेन्द्रकुमार खड्काले फिल्मको बिषयमा सेन्सर बोर्डको धेरै आपत्ति नरहेको बताए । उनले फिल्ममा एक दृश्य लगाइएको साइनबोर्ड हटाउन मात्र भनेको जानकारी दिए ।

फिल्मबाट त्यो हट्यो भने प्रदर्शनमा कुनै कठिनाई नहुने उनको भनाई छ । सामना फिल्मस् प्रालिको निर्माण रहेको फिल्मले खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचार विरुद्ध नेपाली जनताको प्रतिरोध लगायतको बिषय कथावस्तुका रुपमा उठाएको छ ।

नवलको कथावस्तुका कारण सबै फिल्म लफडामा पर्ने गरेको छ ।माकिको राई र अन्जु केसी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता गायिका सत्यकला राई हुन् ।

फिल्मको सहनिर्मातामा रोमियन लिम्बू, विमला कट्टेल, डा.अमित विश्वास, राजेन्द्र भगत, पन्नालाल सिक्दार, दिनेशकुमार राय, नादिया खड्का र सनया खड्का रहेका छन् । श्री श्रेष्ठको द्वन्द, कविराज गहतराजको नृत्य, सौरभ लामाको छायांकन रहेको फिल्ममा मणि थापा र दीपक शर्माको संगीत, बन्देप्रसाद र तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

फिल्ममा नवल खडका, गौरव पहारी, सुरविना कार्की ,रेबिका गुरूङ्ग, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, पुष्प श्रेष्ठ, रोमियन लिम्बू, केशव रायामाझी, राजेन्द्र भगत, पर्शुराम चौधरी, पन्नालाल सिक्दार, महेश गिरी, खेम नेपाली, राम बिश्वास र बालकलाकार नादिया खड्का र सनया खड्का लगायतको अभिनय रहेको छ ।

सम्बन्धित खवर