भूमि पेड्नेकरले गरिन् हिमाल सरसफाइ अभियान घोषणा - Crazysaptahik.com

भूमि पेड्नेकरले गरिन् हिमाल सरसफाइ अभियान घोषणा

बलिउड अभिनेत्री भूमि पेड्नेकरले हिमाल सफा गर्ने अभियान घोषणा गरेकी छन् । विश्व पृथ्वी दिवसको अवसरमा उनले हिमाली क्षेत्रको पारिस्थितिकीय संरक्षणमा काम गर्ने गैरनाफामूलक संस्था ‘हिलिङ हिमालयज’सँग मिलेर काम गर्ने योजनाबारे खुलासा गरेकी हुन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) दूतसमेत रहेकी भूमि अब हिलिङ हिमालयको सद्भावना दूत बन्ने भएकी छन् । यो भूमिकाले उनलाई हिमाली क्षेत्रमा यात्रा गर्ने र हिमालयलाई सफा राख्ने अभियानमा सहभागी गराउनेछ ।

हिलिङ हिमालयज फाउन्डेसन फोहोरको समस्यालाई बेग्लै तरिकाले सम्बोधन गर्न गठन गरिएको सात वर्ष पुरानो संस्था हो । हिमालयको प्राचीन प्राकृतिक वातावरण पुनस्र्थापना गर्ने यसको उद्देश्य छ ।

रमणीय हिमाली क्षेत्रबाट फोहोरहरु संकलन गर्ने कार्य यस संस्थाले लिएको छ । जसअनुसार पदयात्री वा तीर्थयात्रीले फ्याँकेका नकुहिने वस्तु संकलन गरेर यसलाई पुनः प्रयोग गर्न सकिने उद्देश्यसहित सहर–सहरमा उचित रुपमा डिस्पोज गरेर फोहोर व्यवस्थापन गर्नु हो ।

यो सफाइ अभियानमा सक्रिय केही गाउँले संकलन गरिएका फोहोर व्यवस्थापका लागि पाँचवटा रिकभर सुविधाको निर्माण गरेका छन् । यसका लागि तत्काल केही भारतीय हिमाली गाउँ रोजिएको छ, जहाँ पर्यटकको अधिक चहलपहल छ ।

सिमलासहितका केही हिमाली जिल्ला गाउँमा पाँचवटा रिकभर सुविधा स्थापना छन्, जहाँ गत वर्षदेखि दैनिक ४–५ ट्रक नकुहिने फोहोर संकलन हुँदै आएको छ, जुन करिब ५५० टन हो ।उक्त संस्थाको बारेमा बोल्दै भूमिले भनिन्, ‘हिलिङ हिमालयको आदर्श वाक्य ‘परिवर्तनको लागि नपर्खनुहोस्, परिवर्तन हुनुहोस्’ साँच्चै मसँग प्रतिध्वनित भयो ।

म विश्वास गर्छु कि हामी प्रत्येकले यो ग्रहप्रति आफ्नो जिम्मेवारी महसुस गर्नुपर्छ । प्रदूषण र ग्लोबल वार्मिङको प्रभावलाई कम गर्न सक्रिय रूपमा प्रयास गर्नुपर्छ । अब काम गर्ने समय हो ।’

सम्बन्धित खवर