प्रकाश सपुत र देवी घर्तीको स्वरमा फिल्म ‘हल्कारा’को गीत सार्वजनिक - Crazysaptahik.com

प्रकाश सपुत र देवी घर्तीको स्वरमा फिल्म ‘हल्कारा’को गीत सार्वजनिक

आगामी वैशाख २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हल्कारा’को नयाँ गीत ‘जीवन कठैबरी’ सार्वजनिक भएको छ । प्रकाश सपुत र देवी घर्तीको स्वरमा रहेको गीतले वैदेशिक रोजगारीका पीडाको भाव दर्शाउँछ ।

गाउँमा चिठ्ठी पु¥याउने हल्काराको माध्यमबाट फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामलाई प्रस्तुत गर्छ । महेश त्रिपाठीको शीर्ष भूमिका रहेको फिल्ममा विनिता थापा मगर, शारदा गिरी, रोशनी कार्कीको पनि अभिनय छ ।

विक्रम सापकोटा निर्देशित फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले निर्माण गरेका हुन् । फिल्मले चिठ्ठी लेखन प्रतियोगिता समेत आयोजना गरिरहेको छ । प्रतियोगितामा सहभागी हुन आफ्नो जीवनबाट टाढा भइसकेका, आफूले अत्यन्तै चाहेका, चाहेर पनि नपाएका तथा आफूले सधैं सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ । उत्कृष्ट पत्र लेख्ने तीन जनाले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

यो फिल्मले ‘वल्र्डफेस्ट ह्युस्टन’ फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ फिल्मको अवार्ड प्लेटिनम रेमी प्राप्त गरेको छ । सोही फेस्टिभलमा त्रिपाठी सर्वोत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले सर्वश्रेष्ठ छायाकारको पुरस्कार प्राप्त गरेका छन् ।

‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ न्यारेटिभ’, ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र बेलायतकोे ‘कार्मार्थेन बे फिल्म फेस्टिभल २०२२’ मा यो मनोनित भएको थियो ।

https://youtu.be/K-zVVdmy7qk

सम्बन्धित खवर