जब काठमाडौंमा नेपाली रेस्टुरेन्टको सेफ बने भारतीय सुपरस्टार अजित कुमार - Crazysaptahik.com

जब काठमाडौंमा नेपाली रेस्टुरेन्टको सेफ बने भारतीय सुपरस्टार अजित कुमार

दक्षिण भारतीय सुपरस्टार अजित कुमार केही दिनअघिसम्म नेपालमा थिए । फिल्म छायांकनका लागि यहाँ आएका उननले केही स्थानीय रेस्टुरेन्टमा सेफ बनेर खाना समेत पकाए । भारतीय अखबार द हिन्दूस्तान टाइम्सले अजित कुमारले नेपाली रेस्टुरेन्टमा खाना पकाएको समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

फ्यानले ट्वीटरमा सार्वजनिक गरेको एक भिडियोमा अजितलाई रेस्टुरेन्टमा खाना पकाउँदै गरेको देख्न सकिन्छ । एप्रोन र सेफको ह्याटमा उनी देखिएका छन् । भिडियोमा उनले खाना पकाएको देख्न सकिन्छ । दृश्यमा उनी रेस्टुरेन्टका अन्य स्टाफबाट घेरिएको पनि देख्न सकिन्छ ।

फ्यानले आफ्नो अकाउन्टमा अजित कुमारले अर्को स्थानीय रेस्टुरेन्टमा खाना पकाउँदै गरेको भिडियो पनि पोस्ट गरेका छन् । यसअघि कारगिल, लेह, लद्दाख, जम्मु, श्रीनगर, मनाली, ऋषिकेश र हरिद्वारमा समेत बाइक हाँकेर पुगेका उनी बाइक चढेरै नेपाल आएका हुन् । उनी बाइकमा मुस्ताङसम्म पुगे ।

थाइल्याण्डमा आफ्नो फिल्म ‘थुनिभु’को छायांकनका लागि उनी बाइक बढेरै पुगेका थिए । यो फिल्मले विश्वभर २०० करोड भारु कमाएको थियो । फ्यानहरु यतिबेला अजितको नयाँ फिल्मको पर्खाइमा छन् । आगामी मे १ मा हुने जन्मदिनमा उनले नयाँ फिल्मको घोषणा गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित खवर