हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्मालाई - Crazysaptahik.com

हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्मालाई

हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी विजेता घोषित भए । विजेता बनेसँगै विश्वकर्माले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार पनि प्राप्त गरे ।

हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले विजेतालाई ट्रफीसहित पुरस्कार प्रदान गरे ।अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप घोषित भए । जितसँगै उनले ३ लाख रुपैयाँ नगदसहित पुरस्कार प्राप्त गरे ।

वाइल्ड कार्ड प्रतियोगितामा प्रवेश गरेका सन्तोष क्षेत्री सेकेण्ड रनरअप घोषित भए । उनले २ लाख रुपैयाँ नगद प्राप्त गरे । दर्शकले दिएको बढी भोटको आधारमा विजेता घोषणा गरिएको जनाइएको छ ।

६ जना प्रतिस्पर्धीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । फिनालेमा इन्द्रेणी समूहसहित जजहरु राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्माले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

लोकस्टारको फिनालेमा हिमालय टेलिभिजनको आगामी रियालिटी शो हिमालय रोडिजको नयाँ सिजनको पनि घोषणा गरिएको थियो ।

सम्बन्धित खवर