सलमानले आमिर खानलाई उपहारमा दिए आफ्नो भाग्यमानी ब्रासलेट ! - Crazysaptahik.com

सलमानले आमिर खानलाई उपहारमा दिए आफ्नो भाग्यमानी ब्रासलेट !

 


आमिर खान हालै सलमान खानकी बहिनी अर्पिता शर्माको इद पार्टीमा सहभागी भएका थिए । यस क्रममा सलमानको लक्की चार्म अर्थात् उनको ब्रासलेट आमिरको हातमा देखिएको थियो ।

सलमानको निलो स्टोन भएको एउटा ब्रासलेट छ जुन उनले वर्षौंदेखि लगाउँदै आएका छन् । अहिले यसलाई हालैको समयमा आमिर खानको हातमा देखिएको छ ।

यसपटकको ईदमा सलमानको हातमा उक्त ब्रासलेट देखिएन

आमिरको हातमा यो ब्रासलेट देखिएपछि कतै सलमानले त उनलाई यो दिएका होइनन् भनेर धेरैले चासो व्यक्त गरे ।

सलमान यस वर्ष इद मनाउन आफ्नो ग्यालेक्सी अपार्टमेन्टबाट बाहिर निस्कँदा उनको हातमा यो ब्रासलेट नदेखिएपछि पनि मानिसहरूले यसबारे चासो र अनुमान लगाएका हुन् ।

आमिरको हातमा ब्रासलेट देखेर प्रशंसकको प्रतिक्रिया

आमिरको हातमा ब्रासलेट देखिएपछि नै प्रशंसकले आ–आफ्नो प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘सलमान भाइको ब्रासलेट हिजोदेखि नै आमिर भाइले लगाएका छन् । आज भाइ बालकोनीमा आउँदा उनको हातमा ब्रासलेट थिएन र पार्टीमा पनि थिएन । ’

यस्तै अर्का प्रशंसकले लेखेका छन्, ‘आमिरको हातमा भाइजानको ब्रासलेट ।’ तेस्रो प्रशंसकले लेखे, ‘आमिर आफ्नो कपडामा बढी पैसा खर्च गर्छन् ।’

सम्बन्धित खवर