‘दर्शन सलाम’ले पायो दुई करोड भ्युज - Crazysaptahik.com

‘दर्शन सलाम’ले पायो दुई करोड भ्युज

गत वर्षको फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘छक्कापञ्जा ४’को गीत ‘दर्शन सलाम’ ले युट्युबमा २ करोड भ्युज पाउन सफल भएको छ । दुई महिना अगाडि सार्वजनिक गीतले समाचार तयार गर्दासम्म एक लाख ४५ हजार लाइक समेत पाएको छ ।

गीतमा कलाकार दीपकराज गिरीलाई गाउँले नेताको भूमिकामा देखाइएको छ । दीपकको अलवा दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकारको पनि नृत्य छ ।

गीतमा दीपक र दीपा र स्वस्तिमा र राज जोडीको रूपमा गीतमा देखिएका छन् ।राजेन्द्र थापाको शब्द, डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर रहेको गीतमा दीपक शर्माको सङ्गीत छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

हेमराज बिसीको निर्देशन रहेको फिल्मले १६ वटाहलमा ५१ औं दिन मनाउन सफल भएको छ । राजनीति र सामाजिक विषयमा निर्माण भएको फिल्म कमेडी जनरामा बनेको हो । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो ।

सम्बन्धित खवर