फिल्म ‘दिमाग खराब’ मा होला त दीपक र निश्चलको सहकार्य ? - Crazysaptahik.com

फिल्म ‘दिमाग खराब’ मा होला त दीपक र निश्चलको सहकार्य ?

‘दिमाग खराब’ निश्चल बस्नेतले निर्देशन तयारी गरेको फिल्म हो । बस्नेतल यो फिल्मको तयारी गरेको लामै समय भयो । ‘लुट’ जस्तो सुपरहिट फिल्म दिएका बस्नेतले त्यसपछि केही फिल्म दिए । तर त्यसको ब्यवसाय सोचेजस्तो हुन सकेन ।

त्यसैले यो फिल्म हिट बनाउने कसरतमा उनी छन् । ६ वर्षपछि निर्देशनमा फर्किन लागेका उनले फिल्मका लागि तयारी पनि राम्रो गरेका छन् । टिम बलियो भयो भने फिल्मको व्यवसाय राम्रो हुने बुझेका उनी निर्माण हतारभन्दा पनि राम्रो बनाउन लागेका छन् ।

त्यसैले फिल्मको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल फाइनल गरेका छन् । फिल्मका लागि दीपकराज गिरी समूहलाई पनि जोड्ने उनको प्रयास थियो । त्यो भने असफल भएको बुझिएको छ ।

किनभने केही दिन अगाडि ‘छक्का पञ्जा ४’ को ५१ औं दिने सफलताको कार्यक्रममा दीपकराज गिरीले फिल्मम काम गर्ने विषयमा छलफल भए पनि सहकार्य सम्भव नभएको बताए । ‘फिल्ममा जोडिने बिषयमा कुरा भएको हो ।

तर, धेरै ‘टर्म एन्ड कन्डिसन’ले गर्दा हुन सकेन’, उनले भने ‘मैले त्यो प्रोजेक्टमा आफूलाई पाइनँ । कुरा यत्ति मात्र हो ।’ तर निश्चल भने मिलेसम्म अझै दीपकराज गिरीको समूह जोड्ने खोसिस रहेको बुझिएको छ ।

फिल्मको छायांकन नहँुदै आगामी कात्तिक २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । जनता र शक्तिको कथामा बन्न लागेको फिल्मलाई रौनक विक्रम कँडेलले निर्माण गर्न लागेका हुन् ।

सम्बन्धित खवर