नरेश खातीको ‘ढाटेको हैन मायालु’ गीत सार्वजनिक - Crazysaptahik.com

नरेश खातीको ‘ढाटेको हैन मायालु’ गीत सार्वजनिक

लोकप्रिय गायक तथा सर्जक नरेश खातीको ‘ढाटेको हैन मायालु’ गीत सार्वजनिक भएको छ । शुक्रबार क्रेएटिपस् ह्याट नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो। शब्द संगितमा निर्माण भएको गीतमा खातीे र गायिका अनु चौधरीको आवाज रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोसमेत निर्माण भएको छ । म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित नायक आकाश श्रेष्ठ, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ ।

मौसम हिमालीले भिडियोको निर्देशन गरेका छन् ।यसअघि पनि खातीका दर्जनौ गीत बजारमा आइसकेका छन् । खातीले आफ्ना अघिल्ला सिर्जनाहरुलाई जस्तै यो गीतलाई पनि दर्शकहरुले उत्तिकै माया गर्नेमा आशावादी रहेको बताए ।

 

सम्बन्धित खवर