भ्वाइस किड्सका अन्तिम १६ जना प्रतिस्पर्धी घोषणा - Crazysaptahik.com

भ्वाइस किड्सका अन्तिम १६ जना प्रतिस्पर्धी घोषणा

टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको जारी सिजन निकै प्रतिस्पर्धात्मक देखिएको छ । पछिल्लो सप्ताहन्तको एपिसोडबाट सेमिफाइनलिस्ट घोषणा भएका छन् । आगामी शुक्रबार र शनिबार हुने प्रतिस्पर्धामा अन्तिम १६ जनाबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

एक कोचको समूहबाट चार जना गरी चार कोचबाट १६ जना बाल ट्यालेन्ट अघिल्लो चरणमा प्रवेश गरेका हुन् । जसमा टिम मिलनबाट प्रार्थना गुरुङ, सृष्टि लामा, निशित बिके र ईशा राई सेमिफाइनलमा प्रवेश गरेका छन् ।

टिम प्रमोदबाट अश्मिक खवास, चन्दन सुब्बा, रिजन डाँगी र विनम्र सुवेदी अघिल्लो चरणमा प्रवेश गर्न सफल भए । टिम सुशान्तबाट तारा राई, परिश्ना बाँस्तोला, आराध्या धमला र निहारिका खड्का तथा टिम प्रविशाबाट अर्नव बन, अग्रिमा रिजाल, श्रद्धा राई र सञ्जिता बिके सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कम मत ल्याउने आठजना प्रतिस्पर्धी पछिल्लो सप्ताहन्त बाहिरिएका छन् । आगामी जेठ ६ गते ग्राण्ड फिनाले हुँदैछ । द भ्वाइस किड्स प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टिभी एचडीबाट प्रसारण हुँदै आएको छ ।

सम्बन्धित खवर