गायक नन्दु गुरुङले ‘आज लौ तिमी छौ’ वोलको गीतको म्युजिक भिडियो ल्याएका छन् । टम्पशेर राईको शव्द तथा संगीतमा रहेको गीतलाई ओएसआर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा करण सिंह र नग्मा श्रेष्ठले जीवन्त अभिनय गरेका छन् । १९ घन्टामा ३१ हजार पटक हेरिएको भिडियोमा कलाकारको अभिनयलाई दर्शकले खुलेर तारिफ गरेका छन् । सो गीतको निर्देशन निकेश खड्काले गरेका छन् । यस्तै पावल चाम्लिङ् राईले संगीत संयोजन गरेका हुन भने सरोज अधिकारीले भिडियोलाई खिचेका हुन् ।
भिडियो हेर्नुहोस्