कोरियामा ‘पुरानो बुलेट’लाई दर्शकको साथ - Crazysaptahik.com

कोरियामा ‘पुरानो बुलेट’लाई दर्शकको साथ

क्रेजी साप्ताहिक
पथरी । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ कोरियामा मे २६ का दिन प्रदर्शन गरिएको छ । आवास गृह (सेल्टर) सहयोगार्थ तमु धी ख्याङसाङनाम्दो बुसान शाखाको आयोजनामा चलचित्र प्रदर्शन गरिएको हो । ‘चलचित्र हेरिसकेपछि दर्शकहरुले आफ्नै गाउँ ठाउँ पुगेको आभाष गरे, धेरै समयपछि एउटा ठेट नेपाली कथानक चलचित्र हेर्न पाएकोमा सबैले खुशी ब्यक्त गरे’– तमु धी ख्याङसाङनाम्दोका अध्यक्ष अनिश गुरुङले भने ।

चलचित्रमा नायक अनुपविक्रम शाही, नायिका वर्षा शिवाकोटी र माला लिम्बुले जीवन्त अभिनय गरेका छन् । यस्तै कविता आले, शिव मुखिया, कृष्णभक्त महर्जन, बारत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, युडी गुप्ता, करण धिताल, मात्रिका पौडेल आदिको पनि अभिनय रहेको छ । भीषण राईको डेब्यु निर्देशन रहेको यस चलचित्रलाई अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्र चैत १ गते अल नेपाल प्रदर्शन भएको थियो भने हङकङबाट प्रथम वल्र्ड प्रिमियर शो गरिएको थियो । कोरिया प्रदर्शनपछि अब ७ जुलाईका दिन फुनावासी सि ४–१९–६ किनरो सेन्टर जापानमा नमस्ते चिवाले चलचित्र ‘पुरानो बुलेट’ प्रदर्शन गर्ने चलचित्रका कार्यकारी निर्माता÷कथाकार सन्तोष राईले जानकारी दिए । जापानमा ३ वटा सहरहरुमा चलचित्र प्रदर्शन हुने आयोजकले बताएको छ । यस्तै चलचित्रलाई अन्य देशहरुमा पनि क्रमशः प्रदर्शन गरिने तयारी भइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।

सम्बन्धित खवर