क्रेजी साप्ताहिक
पथरी । रिहान्ना इन्टरटेनमेन्टको पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र ‘कथा औसीको’ गीत सार्वजानिक भएको छ । सोमबार पथरीशनिश्चरेको शान्ति भुल्केमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ‘सारा खुशी दिए जस्तै गर्यौं तिमीले…’ बोलको सो गीत हाइटलाइट्स नेपालबाट सार्वजानिक गरिएको हो ।
सो गीतमा गायक दिपक लिम्बुले स्वर भरेका छन् भने संगीत रमेश प्रसाईको रहेको छ । चलचित्रका कथा/ मुख्य सहायक निर्देशक मौसम परिवर्तनले चलचित्रको बारेमा प्रष्टाएका थिए । कार्यक्रमका प्रमुख अतिथि चलचित्र पत्रकार संघ प्रदेश नं. १ का अध्यक्ष तथा चलचित्र निर्माता सन्तोष राईले मोफसलबाट चलचित्र निर्माण हुनु राम्रो कुरा भएको बताउँदै शुभकामना व्यक्त गरे ।
सो चलचित्रमा मित्र लिङ्देनको निर्देशन, मुहासिंह थापा मगरको सम्पादन रहेको छ भने हिकास राईको छायांकन रहेको छ । सो कार्यक्रममा चलचित्रका कलाकार, प्राविधिकहरुको पनि उपस्थिति रहेको छ ।