क्रेजी साप्ताहिक
दमक । लकडाउनको एकोहोरो बसाइँमा प्राध्यापक तथा गायक जीवन गुरुङले नयाँ रोमान्टिक डान्सिङ युगल गीत दर्शक माझ ल्याएका छन् ।
‘तिमी नै जिन्दगी…’ बोलको लिरिकल भिडियो जीवन गुरुङकै युट्युव च्यानल मार्फत् सार्वजानिक गरिएको छ । सो गीतमा गुरुङलाई नवगायिका रीता गुरुङले साथ दिएकी छिन् । काठमाडौंमा अवस्थित तास स्टुडियोमा रेकर्ड गरिएको गीतमा गायक गुरुङको आफ्नै शब्द/संगीत रहेको छ भने विजेश्वर तन्डुकारले यस गीतलाई एरेन्ज गरेका हुन् ।
वर्तमान असहज परिस्थितिको कारण म्यूजिक भिडियो निर्माण गर्न नसके पनि आम संगीतप्रेमीका निम्ति लिरिकल भिडियो भने पस्किएको बताउँछन गायक गुरुङ । यस गीतमा एक प्रेमिल जोडी बीचको माया अनि समर्पणलाई रोमान्चक ढंगले गायनमार्फत प्रस्तुत गरिएको छ ।
लिरिकल भिडियो :-