‘जिब्रो चिप्लियो होला’ – राउत - Crazysaptahik.com

‘जिब्रो चिप्लियो होला’ – राउत

 

नेपाल–भारतबीचको सीमा विवादबारे दिएको बयानका कारण विवादास्पद बनेकी वर्षा राउतले माफी मागेकी छिन् । वर्षाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टेटस लेखेर अन्तरवार्तालाई लिएर जुन हो–हल्ला भयो, त्यसले आफूलाई भावनात्मक ठेस् पुगेको बताएकी छिन् ।

उनले आफू भावुक स्वभावको भएकोले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढै बस्न खोज्ने बताउँदै भनेकी छिन्, ‘प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप् िलयो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताको सम्मानमा अलिकति पनि चुकेकी छैन, अलिकति पनि तलमाथि परेकी छैन ।’

उनले आफूलाई नेपाली हुनुमा गर्व भएको बताउँदै लेखेकी छिन्, ‘ संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र ? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गीकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.