उनले भनेका छन्–‘यो समयमा राजनीतिक भावना बोकेर कसैले कसैको नराम्रो नसोचौं । सबैको राम्रो सोचौं ।’ गतबर्षको कोरोनाले मानिसको इम्यूनिटी पावर कमजोर बनाएको भन्दै मनदकृष्णले यो पटकको कोरोनाले मानिसको शक्ति कमजोर बनाएको बताए ।
यस्तो बेलामा सबैले सबैको सहयोग गरे मात्र कोरोनालाई जित्न सकिने उनको तर्क छ । उनले एकले अर्कोलाई नराम्रो सोच्दा मनमा राक्षसीपन मात्र पलाउने भन्दै यसले फाइदा नगर्ने बताएका छन् ।
आफ्नो परिवारका ५ जना सदस्यमा कोरोना पुष्टी हुँदा तातो पानी तताएर पनि खान नसक्ने अवस्था रहेको भन्दै उनले छिमेकीहरुको सहयोगले तग्रिन सकेको बताएका छन् ।