सकियो लक्ष्मीको ‘अनन्त’ - Crazysaptahik.com

सकियो लक्ष्मीको ‘अनन्त’

फिल्म ‘अनन्त’को सुटिङ सकिएको छ । अभिनेता कर्मा र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्मको छायाँकन २० दिनमा सकिएको हो । फिल्मको सुटिङ २० दिनमा पुरा भएको निर्माता नवविजय श्रेष्ठले जानकारी दिए ।

जेसन लोप्चनको निर्देशन रहेको फिल्मले प्रेमकथा विषयवस्तु बनाएको छ । निर्देशक जेसनको पटकथा लेखन रहेको फिल्मको सह–निर्मातामा रन्जन ढुंगाना र शीतल खड्का हुन् ।

किपालय प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा बविन दुलालको छायाँकन रहेको छ । फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने योजना निर्माण टिमको रहेको छ ।

सम्बन्धित खवर