‘धड्कन’ को सिक्वेल बनाउँदै नरेश - Crazysaptahik.com

‘धड्कन’ को सिक्वेल बनाउँदै नरेश

१६ वर्ष अगाडिको हिट फिल्म ‘धड्कन’को सिक्वेल बन्ने भएको छ । निर्देशक नरेश पौडेलले नै फिल्मको सिक्वेल बनाउन लागेका हुन् । सिक्वेलको काम सुरु भएको निर्देशक पौडेलले बताए ।

‘‘धड्कन २’ को काम केही अगाडि सुरु भएको छ’ पौडेलले भने, ‘अहिले लेखन कार्य भइरहेको हो । त्यसपछि अन्य काम अगाडि बढ्नेछ ।’ फिल्मको लेखन मौनता श्रेष्ठले गरिरहेका छन् । ‘धड्कन’ को कथा पनि मौनताले लेखेका थिए ।

प्रेमकथामा बन्ने फिल्म भदौबाट छायाङ्कनमा लैजाने तयारी नरेशको छ । ‘धड्कन’ सुपरहिट फिल्म हो । रेखा थापा, अरुणिमा लम्साल, रमित ढुंगाना, निखिल उप्रेतीको मुख्य भूमिका रहेको फिल्मका गीत संगीत समेत हिट छन् ।

‘हिरो, ‘धड्कन’, ‘दीपशिखा’, ‘अभिमन्यू’ लगायतका फिल्म निर्देशन गरेका नरेशले ‘धड्कन २’ मा अहिले चलेका कलाकार रहने बताए ।

सम्बन्धित खवर