बलिउडको बेहाल भैरहँदा केजीएफ १ हजार करोड कमाउने चौथो चलचित्र बन्यो - Crazysaptahik.com

बलिउडको बेहाल भैरहँदा केजीएफ १ हजार करोड कमाउने चौथो चलचित्र बन्यो

केजीएफ–२ फिल्मले विश्वभर १ हजार करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । आरआरआर, बाहुबली २ र दंगलपछि केजीएफ–२ हजार करोड कमाउने पहिलो भारतीय फिल्म बनेको हो ।

यी चार फिल्ममध्ये तीन साउथका फिल्म हुन् भने बलिउडको दंगलले मात्र यो आँकडा पार गरेको छ । केजीएफ–२ एक कन्नड चलचित्र हो जसले हरेक दिन ठूला रेकर्डहरू तोडिरहेको छ।

यसअघि २५ मार्चमा रिलिज भएको आरआरआरले पहिलो दिनमै विश्वभर २५७ करोड कमाएर यो वर्षको सबैभन्दा ठूलो ओपनिङ गरेको फिल्म बनेको थियो । साउथ फिल्मले बक्स अफिसमा लगातार कीर्तिमानी कमाइ गरिरहेका छन् तर बलिउड फिल्मले पनि आफ्नो लागत धान्नसमेत असफल भइरहेका छन् ।

तथ्यांक हेर्दा सबैले बलिउडलाई अब साउथ फिल्मसँग तुलना गर्न थालेका छन् । २०२२ मा अमिताभ बच्चनको ‘झुण्ड’, अक्षय कुमारको ‘बच्चन पाण्डे’, आलिया भट्टको ‘गंगुबाई काठियावाडी’, राजकुमार रावको ‘बधाई दो’ रिलिज भएका छन् ।

यी सबै फिल्मको कूल कलेक्शन साउथको फिल्म केजीएफ–२ को मात्र १५ दिनको कलेक्शनभन्दा कम छ । राधे, आन्तिम, थलाइवीजस्ता बलिउड फिल्महरू कोरोनाको समयमा नराम्ररी फ्लप भए पनि दोस्रो लहरको शिखरमा रिलिज भएको मास्टरले २५० करोड कमाएर दर्शकलाई स्टारकास्ट होइन, नयाँ कथा चाहिएको प्रमाणित गरेको छ ।

योसँगै कोरोना अवधिमा रिलिज भएका साउथ फिल्म अन्नाथे, पुष्पा, मरक्कड, वकिल साब, राधे श्यामले पनि कीर्तिमानी कमाई गरेका छन् । कोरोनाको समयमा बलिउड फिल्महरू रिलिज भए पनि अक्षय कुमारको सूर्यवंशी र आलिया भट्टको गंगुबाई काठियावाडीले मात्र बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सके।

सम्बन्धित खवर