शान्ति भंग गरेको आरोपमा सलमान खानजस्तै देखिने व्यक्ति लखनऊमा पक्राउ - Crazysaptahik.com

शान्ति भंग गरेको आरोपमा सलमान खानजस्तै देखिने व्यक्ति लखनऊमा पक्राउ

शान्ति भंग गरेको आरोपमा भारतको लखनऊमा बलिउड अभिनेता सलमान खानजस्तै देखिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अजम अन्सारी नामक ती व्यक्ति लखनऊको प्रसिद्ध घण्टाघरअघि छोटो फिल्म छायांकन गरिरहेका थिए ।

मानिसहरु सलमान खानजस्तै देखिएको भनेर उनलाई हेरिरहँदा ठूलो ट्राफिक जाम भएको थियो । अन्य सवारी साधनका यात्रुको गुनासोपछि प्रहरी उक्त ठाउँमा पुगेर अन्सारीलाई पक्राउ गरेको थियो ।

ठाकुरगञ्ज प्रहरी चौकीले अन्सारीविरुद्ध शान्ति तथा अमनचैन भंग गरेको मुद्दा चलाएको छ । अन्सारीलाई लखनऊका चर्चित ठाउँ र सडकमा इन्स्टाग्राममा भिडियोहरु खिचेको बेला देखिएको थियो । युट्युबमा अन्सारीलाई १.६७ मिलियन जनाले पछ्याएका छन् ।

सम्बन्धित खवर