बलिउड र साउथ फिल्म उद्योगमा भाषा विवाद चलिरहेको बेला तेलुगू स्टार महेश बाबुले बलिउडका विषयमा टिप्पणी गरेका छन् । हालै अदिवि शेषको फिल्म ‘मेजर’को ट्रेलर लञ्च कार्यक्रममा उनले बलिउडले आफूलाई ‘अफोर्ड’ गर्न नसक्ने बताए ।
साथै उनले हिन्दी फिल्ममा काम गरेर आफ्नो समय बर्बाद गर्न नचाहने समेत टिप्पणी गरे ।आफूलाई साउथ फिल्म उद्योगले नै स्टारडम र मान–सम्मान मिलेको र यो उद्योग छाडेर कतै नजाने पनि स्पष्ट पारे ।
‘म सधैं राम्रो फिल्म गर्ने विषयमा सोचिरहेको हुन्छ, मेरो यो सपना पूरा हुँदैछ,’ उनले भने । उनले साउथका फिल्म पूरै भारतमा सफल होस् भन्ने चाहेको र अहिले यो सपना पूरा भएकोमा एकदमै खुसी लागेको बताएका छन् ।
‘म सधैं तेलुगू फिल्ममा काम गर्न चाहन्थें र यो पनि चाहन्थें कि यसलार्य पूरै भारतमा देखुन् । अहिले यो सब पूरा भइरहेको छ, म असाध्यै खुसी छु,’ महेश बाबुले भने ।उनले आफ्नो तागत तेलुगू फिल्म नै भएको, तर बलिउड, टलिउडको सबै सीमा पार गरेर भारतीय फिल्म बनाउनुपर्ने समेत उनले सुझाव दिए ।