केकी अधिकारी भन्छिन्–बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले चित्त दुख्ने रहेछ - Crazysaptahik.com

केकी अधिकारी भन्छिन्–बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले चित्त दुख्ने रहेछ

नायिका केकी अधिकारीले निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउने अवस्था बनेको भन्दै खिन्नता व्यक्ति गरेकी छन् । हाल अमेरिकामा रहेकी अधिकारीले सामाजिक सञ्जालमार्फत मताधिकारीको प्रयोग गर्न पाउनु ठूलो कुरा भएको बताएकी हुन् ।

‘निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले पनि चित्त दुख्ने रहेछ’, अधिकारीले भनेकी छन्, ‘काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइनँ।

तपाईंहरुले चाहिँ आफ्नो एक भोटको मूल्य पक्कै बुझ्नुभएकै छ।’ उनले निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको प्रयोग गर्न अनुरोध गरेकी छन् । उनले शान्त ,सुरक्षित अनि सुव्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना समेत गरेकी छन् ।

अधिकारी केही साताअघि कार्यक्रमको सिलसिलामा अमेरिका पुगेकी थिइन् । स्थानीय तहको निर्वाचन शुक्रबार सम्पन्न हुँदैछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.