मराठी अभिनेत्री केतली पक्राउ - Crazysaptahik.com

मराठी अभिनेत्री केतली पक्राउ

मराठी नायिका केतली चितलेलाई भारतको अपराध शाखाले पक्राउ गरेको छ । राष्ट्रवादी कांग्रेस पार्टीका प्रमुख शरद पवारविरुद्ध सोसल मिडियामा आपत्तिजनक पोस्ट लेखेको आरोपमा उनलाई ठाणे क्राइम ब्रान्चले हिरासतमा लिएको हो ।

हिरासतमा लिएपछि एनसीपीका कार्यकर्ताले उनीमाथि कालो मसी फ्याँकेका छन् । उनीविरुद्ध पाँचवटा उजुरी दर्ता भएका छन् । यीमध्ये एउटा उजुरी ठाणे शहरको कलवा पुलिस स्टेशनमा दुई पुणे र मुम्बईमा भएको हो ।

के हो घटना ?

चितालेले जुन पोस्ट सेयर गरेकी छिन् त्यो कविताको रुपमा छ र त्यो अरु कसैले लेखेका थिए । त्यसमा नाम लेखिएको छैन र थरमा पवार र उमेर ८० वर्ष लेखिएको छ । जबकी राष्ट्रवादी कांग्रेस पार्टी प्रमुख ८१ वर्षका छन् ।

पत्रकारसँगको कुराकानीमा शरद पवारले आफूले चितालेलाई नचिन्ने बताउँदै उनले आफ्नाबारे इन्टरनेटमा के लेखेकी छिन् भन्ने पनि थाहा नभएको बताएका छन् ।एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार स्वप्निल नेतके नामका व्यक्तिको उजुरीको आधारमा चितालेविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

को हुन् केतकी चितले ?

केतकी सानो पर्दाकी अभिनेत्री हुन् जो स्टार प्रवाहको अंबत गोड, जीफाइभ के तुजा मजा ब्रेकअप र सोनी टिभीको सास बिना ससुरालजस्ता टिभी शोमा देखिएकी छिन् ।

केतकी आफ्नो भूमिकामा कम र सोसल मिडियामा विवादास्पद पोस्टका कारण अत्यधिक चर्चामा आउने गर्छिन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.