कान्समा ‘टपगन माभेरिक’ प्रिमियर, टम क्रुजलाई मानार्थ पाम दे ओर - Crazysaptahik.com

कान्समा ‘टपगन माभेरिक’ प्रिमियर, टम क्रुजलाई मानार्थ पाम दे ओर

विश्व रिलिज हुनु एकसाताअघि नै टम क्रुज अभिनित बहुप्रतीक्षित हलिउड फिल्म ‘टपगन :माभेरिक’लाई कान्स फिल्म फेस्टिभलमा प्रिमियर गरिएको छ ।अभिनेता क्रुजलाई मानार्थ पाम दे ओर अवार्ड प्रदान गरियो भने फिल्मको लागि ६ मिनेट स्ट्यान्डिङ ओभेसन समेत प्रदान गरियो ।

यो सम्मान ग्रहण गरिरहँदा क्रुजको आँखाबाट हर्षाश्रु झरे । यो सम्मान कान्सले सफल हलिउड कलाकारलाई मात्र दिने गरेको छ । ‘मैले यो कामलाई ठूलो पर्दामा ल्याउन योगदान दिने सबैको मिहेनतर्ला बिर्सेको छैन’ क्रुजले भने, ‘यो साँझ मेरो जीवनको अविष्मरणीय साँझ हुनेछ ।’

क्रुजले रेडकार्पेटमा फ्यानहरुसँग झन्डै १० मिनेट बताए । चम्किएका क्यामेराका फल्यासमा उनले रेडकार्पेटमा सेल्फी लिए भने अटोग्राफ पनि दिए । कान्स प्रिमियरमा फिल्मका निर्देशक र कलाकार उपस्थित थिए । नेपालमा जेठ २० गते फिल्म प्रदर्शन हुँदैछ ।

 

 

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.