पपगायिका रिहानालाई पुत्रलाभ - Crazysaptahik.com

पपगायिका रिहानालाई पुत्रलाभ

हलिउड पपस्टार रिहाना र प्रेमी ¥यापर रकी अभिभावक बनेका छन् । रिहानाले पुत्रलाई जन्म दिएकी छिन् । मे १३ मा लस एन्जल्समा रिहानाले शिशुलाई जन्म दिएको हलिउड संचारमाध्यमले जनाएका छन् ।

रिकी रिहानाका प्रेमी हुन् । यी दुवै चाँडै बिहे बन्धनमा बाँधिने जनाइएको छ । लामो समयदेखि उनीहरु डेट गरिरहेका थिए । तर, दुबैले सन् २०२१ मा सम्बन्धबारे सार्वजनिक गरेका थिए ।

पिपल म्यागजिनका अनुसार अहिले रिहाना र रकी बच्चासँग लस एन्जल्सस्थित घरमा छन् ।रिहानाको स्वास्थ्य पूर्णरुपमा ठीक रहेको र अभिभावक बनेपछि दुवैजना खुसी रहेको समेत म्यागजिनले उल्लेख गरेको छ । प्रेग्नेन्सीको खबरको केही समयमै रकीलाई रिहानाबाट चिट गरेको आरोप समेत लागेको थियो ।

 

सम्बन्धित खवर