‘चिसो मान्छे’को ट्रेलर : कर्णालीको जीवन र वैदेशिक रोजगारीको बाछिटा - Crazysaptahik.com

‘चिसो मान्छे’को ट्रेलर : कर्णालीको जीवन र वैदेशिक रोजगारीको बाछिटा

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’को ट्रेलर रिलिज भएको छ । दर्शकमाझ प्रतीक्षित बनेको यो फिल्मको ट्रेलरमा फिल्मकी मुख्य कलाकार स्वस्तिमा खड्का कर्णाली ‘लुक्स’मा देखिएकी छन् ।

कर्णालीको जीवनसंघर्ष, रहनसहन, श्रीमान् वैदेशिक रोजगारीमा गएपछि भोग्नु परेको पीडा, उनको संघीय राजधानी काठमाडौंसम्मको यात्रा ट्रेलरमा देखाइएको छ । कर्णाली क्षेत्रको कथा भन्ने फिल्ममा स्वस्तिमा त्यहींको लवजमा खुलेकी छन् ।

ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल पनि अटाएका छन् । फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन समेत रहेको छ ।

दीर्घ खड्काले सम्पादन गरेको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारले पनि अभिनय गरेका छन् । ‘चिसो मान्छे’ आगामी असार ३ गतेदेखि देशभरका सिनेमा हलमा रिलिज हुनेछ ।

 

सम्बन्धित खवर