टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल–७’को ट्रेलर रिलिज - Crazysaptahik.com

टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल–७’को ट्रेलर रिलिज

टम क्रुज स्टारर प्रतीक्षित हलिउड फिल्म ‘मिसन इम्पोसिबल ः डेड रेकोनिङ’को अफिसियल टिजर ट्रेलर रिलिज भएको छ । क्रुजकै ‘टपगन : माभेरिक’ दुई सातामा नेपाली बक्स अफिसमा रिलिजको तयारीमा छ ।

वितरण कम्पनी प्यारामाउन्ट पिक्चर्सले मिसन इम्पोसिबल श्रृंखलाअन्तर्गत डेड रेकोनिङको पहिलो भाग टिजर ल्याएको हो । एक मिसन लिएर खटिएको इथान हन्ट नामक चरित्रमा क्रुजले अभिनय गरेका छन् ।

छायांकनदेखि नै यो फिल्मलाई लिएर विश्व फिल्म जगतमा चर्चा छ । उनले पहाडमा मोटरसाइकल गुडाएको दृश्य चर्चामा छ । मिसन इम्पोसिबलको सात र आठ श्रृंखलाको छायांकन भइसकेको छ ।

नेपालमा समेत टम क्रुजका एक्सन फिल्मले राम्रो कमाइ गर्ने गरेका छन् । ‘मिसन इम्पोसिबल–७’ सन् २०२३ मा रिलिज गरिने तयारी छ ।

 

सम्बन्धित खवर