नेपाली फिल्म ‘दोख ’को आधिकारिक पोस्टर कर्ट रसेल स्टारर अमेरिकी फिल्म ‘बोन तोमाहक’बाट प्रभावित देखिएको छ । आगामी असार २४ गते रिलिज तयारीमा रहेको अनुप बराल निर्देशित ‘दोख’को पोस्टर एस क्रेग जलरबाट प्रभावित देखिन्छ ।
पोस्टर मनोविज्ञान, रङ संयोजन र चरित्रको ‘प्लेसमेन्ट’ दुरुस्तै देखिन्छ । सन् २०१५ मा रिलिज भएको हरर वेस्टर्न क्यानिबल फिल्मले कब्जामा लिइएका तीन जनाको उद्धार गर्ने एक गाउँको कथा पेश गर्छ ।
‘दोख’ले पनि दशक लामो सशस्त्र द्वन्दको पृष्ठभूमिमा फुटबल खेलमार्फत दुई गाउँलेबीचको झगडा चित्रण गर्छ । नेपाली फिल्ममा पोस्टर प्रभावित हुनु नयाँ कुरा होइन । यसबारे पटक–पटक बहस र चर्चा हुँदै आइरहेको छ ।