बालेनको जितमा पत्नीको बधाई सन्देश : तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ ! - Crazysaptahik.com

बालेनको जितमा पत्नीको बधाई सन्देश : तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ !

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि अहिले बालेन्द्र साह (बालेन)लाई बधाई दिनेको ओइरो छ । सामाजिक सञ्जालदेखि भेटेरै उनलाई बधाई दिनेको लर्को छ । बधाई दिनेको यो भीडमा एउटा ‘बधाई’ले चाहिं धेरैजनाको ध्यानाकर्षण गरिरहेको छ बालेन पत्नी सबिना काफ्लेको ।

बालेनले उम्मेदवारी दिएलगत्तै मिडियाको आकर्षणमा परेकी सबिनाको अहिलेको चर्चा सेलिब्रिटीको भन्दा कम छैन ।सबिनाले फेसबुकमार्फत मर्मस्पर्शी बधाई दिएकी छन् । उनको यो बधाई अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

उनी लेख्छिन्, ‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ । यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन, बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ ।’ ‘घरभित्रबाट जितेर हिंडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन ।

मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ,’ उनी लेख्छिन् । सबिनाको यो बधाई सन्देशमा धेरैजनाले ‘एउटा सफल पुरुषको पछाडि नारी’ हुनुको सन्दर्भ उल्लेख गरेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.